आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने– अत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषि छौँ, माफ गर्नुहोला 

आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने– अत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषि छौँ, माफ गर्नुहोला 

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने– अत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषि छौँ, माफ गर्नुहोला 

    काठमाडौँ / उपप्रधानमन्त्रि एंव गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको मृत्युको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।

    images
    images

    गृहमन्त्री लामिछानेले आफ्नो सामाजीक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका हुन् । 

    आत्मदाहको निर्णय हिजोदेखिको निराशा र  पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँ पुस्ताहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।

    मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

    गृहमन्त्री रवि लामिछाने लेखेको स्ट्याटस जस्ताको त्यस्तैः 

    एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

    साताको लोकप्रीय