सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशत र ईपीएस ५.६० रुपैयाँले घट्यो, वितरणयोग्य मुनाफा कति ? 

सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशत र ईपीएस ५.६० रुपैयाँले घट्यो, वितरणयोग्य मुनाफा कति ? 

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशत र ईपीएस ५.६० रुपैयाँले घट्यो, वितरणयोग्य मुनाफा कति ? 

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ३२.११ प्रतिशत र ५.६० रुपैयाँले घटेको छ।

    पुस मसान्तसम्म बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.११ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

    नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६० पैसा घटेर ११ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ रहेको छ।

    यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.७७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २९.७१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७ करोडबाट बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

    पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.३८ गुणा रहेको छ ।

    पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ७.३१ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.३७ प्रतिशत बढेको छ भने कर्जा ५.५१ प्रतिशत बढेको छ।

    यता, पुस मसान्तसम्म यस बैंकको खराब बढेर २.९९ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने १.८७ प्रतिशत रहेको थियो । यस्तै, कस्ट अफ पनि बढेको छ । चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ भने रिजर्भ कोष १५.७५ प्रतिशतले बढेर ५ अर्ब ६० करोड नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.६० रुपैयाँले घटेर ११ रुपैयाँ ८५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १४०.५२ रुपैयाँ पुगेको छ ।

    साताको लोकप्रीय