जि.डब्लु.एम नेपालको ‘बाइ ग्रेट, सेभ बीग’ अफरः आकर्षक छुट, बीमादेखि एक्सेन्जको सुविधा

जि.डब्लु.एम नेपालको ‘बाइ ग्रेट, सेभ बीग’ अफरः आकर्षक छुट, बीमादेखि एक्सेन्जको सुविधा

अर्थ डबली
बिहिवार, माघ १२ २०७९
अर्थ डबली
बिहिवार, माघ १२ २०७९ (अर्काइभ बाट)
  • जि.डब्लु.एम नेपालको ‘बाइ ग्रेट, सेभ बीग’ अफरः आकर्षक छुट, बीमादेखि एक्सेन्जको सुविधा

    काठमाडौँ / ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ । उक्त अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जि.डब्लु.एम का सबै प्रकारको गाडीहरूमा मान्य हुनेछ । 

    images
    images

    कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको हो र यस अफरबाट ग्राहकहरूलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास लिइएको छ ।

    यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन् ।

    ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरू रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजारभन्दा धेरै रहेको छ । 

    विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रहरूमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ । 

    जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ । 

    भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ । 

    जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरूलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरूलाई नयाँ र वृहत सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

    साताको लोकप्रीय