सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब १६ करोड, अन्य सूचक कस्तो ?

सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब १६ करोड, अन्य सूचक कस्तो ?

अर्थ डबली
बिहिवार, माघ १२ २०७९
अर्थ डबली
बिहिवार, माघ १२ २०७९ (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब १६ करोड, अन्य सूचक कस्तो ?

    काठमाडौं / सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेका यस बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा १ अर्ब १६ करोड ११ लाख ९९ हजार मात्र नाफा आर्जन गरेको हो । 

    यो अवधिमा बैंकको नाफा घटेसंगै सञ्चालन मुनाफा पनि घटेको छ भने खुद ब्याज आम्दानी भने बढेको छ । 

    गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकामा चालु आर्थिक बर्ष सोही अवधिमा आइपुग्दा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । 

    यस्तै, बैंकको सञ्चालन मुनाफा भने २ अर्ब २८ करोड ८ लाख ५१ हजार रुपैयाँबाट घटेर १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको तुलनामा २७ प्रतिशत घटेको हो । 

    दोस्रो त्रैमाससम्म बैंकको बैंकको खराब कर्जा ०.३७ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ । हाल चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ भएको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको छ । २ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी २२.३३ रुपैयाँ रहेको कम्पनीको चालू आवमा १६.५३ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.६० गुणा, तरलता अनुपात २५.४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १६३.२९  रुपैयाँ रहेको छ ।

    साताको लोकप्रीय