फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा 

फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा 

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा 

    काठमाडौँ / एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्रिएको छ । १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यानहरू कम खर्चका साथै वातावारणमैत्री रहेको कम्पनीले जनाएको छ ।

    images
    images

    फोटोन इभी भ्यानलाई TÜV Rheinland, जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्था हो । जुन WVTA का लागि तोकिएको प्राविधिक सेवा प्रदायक पनि हो ।

    कम्पनीकाअनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH  छ । यी भ्यानहरूको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  

    यसको ८५ किलोवाट पावर तथा २९० nm टर्क छ भने  फोटोनका भ्यानहरू घरमा पनि  चार्ज गर्न सकिनेछ । यी भ्यानहरू दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनीको भनाइ छ । 

    फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स  र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने  विश्वास छ ।

    दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न  एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । 

    सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्त्वपूर्ण कदम हो ।

    “फोटोन मोटर्सको विद्युतीय यात्रुवाहक भ्यानलाई नेपालमा  ल्याउन पाउँदा हामी हर्षित छौँ,” एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओले भने ।

    उनले भने, “यी सवारी साधनहरू सहरका मानिसहरूलाई भरपर्दो र प्रभावकारी यातायातको माध्यम प्रदान गर्नका लागि डिजाइन गरिएको हो, साथै उत्सर्जन घटाउन र वातावरण संरक्षण गर्न पनि । हामी विश्वस्त छौँ कि फोटोनका इलेक्ट्रिक भ्यानहरूले उपभोक्ताको मन जित्ने छन् ।” 

    फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौँमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन् । 

    साताको लोकप्रीय