१४ विकास बैंकको वित्तीय विवरण: कर्पोरेट डेभलपमेन्टको नाफा सर्वाधिक बढी, दुई घाटामा

१४ विकास बैंकको वित्तीय विवरण: कर्पोरेट डेभलपमेन्टको नाफा सर्वाधिक बढी, दुई घाटामा

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • १४ विकास बैंकको वित्तीय विवरण: कर्पोरेट डेभलपमेन्टको नाफा सर्वाधिक बढी, दुई घाटामा

    काठमाडौँ / हालसम्म १४ ओटा विकास बैंकहरूले चालु आर्थिक वर्षको अर्धवार्षिक अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत बर्षको यसै अवधिको तुलनामा विकास बैंकहरुको नाफा घटेको छ ।

    वित्तीय विवरण प्रकाशन गरेको १४ बैंकहरूमध्ये ५ विकास बैंकको नाफा बढेको छ भने ७ विकास बैंकको नाफा घटेको छ र बाँकी २ विकास बैंक भने नोक्सानीमा रहेका छन्।

    अपरिष्कृत वित्तीय विवरणअनुसार गत बर्षको यसै अवधिको तुलनामा मितेरी डेभलपमेन्ट बैंक, लुक्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र ज्योती विकास बैंकको नाफामा गिरावट आएको देखिन्छ । 

    यता, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकको नाफामा भने बृद्धि भएको छ भने, बाकि रहेको दुई बैंक नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक भने नोक्सानीमा रहेका छन्।

    कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा सर्वाधिक बढीः

    पुस मसान्त अर्थात चालू आवको ६ महिनामा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सर्वाधिक बढी नाफा आर्जन गरेको छ । कर्पोरेटपछि ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बढि नाफा आर्जन गर्न सफल भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले पुस मसान्तसम्म १ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गर्दा ग्रीन डेभलपमेन्टले २८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । 

    यो नाफा गत बर्षको तुलनामा क्रमशः २७९.०५ र ५६.७१ प्रतिशतले बढि हो । गत बर्ष कर्पोरेट डेभलपमेन्ट ३० लाख ९९ हजार र ग्रीन डेभलपमेन्ट १८ लाख ५ हजार नाफा आर्जन गरेको थियो । 

    यस्तै, यस अवधिसम्म आउदाँ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २३.१८ र मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशत र गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले  बढेको छ।

    यसैगरी चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ६३ लाख ७१ हजार नाफा आर्जन गरेको छ। गत वर्ष यस अवधिमा बैंकको नोक्सानी १ करोड ६३ लाख ९६ हजार रहेको थियो।  

    report bikash bank.JPG

    ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी घट्यो

    चालू आवको ६ महिनामा ज्योति विकास बैंक लिमिटेडको नाफामा सबैभन्दा बढी गिरावट आएको छ । समीक्षा अवधिमा यस बैंकको नाफा ८९.९० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४० रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा  ३ करोड ४७ लाख लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

    ज्योति विकासपछि कामना सेवा विकास बैंकको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ५८ रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड ३६ लाख लाख रुपैयाँ मात्र नाफा कमाएको छ। यो हिसावले बैंकको नाफा  प्रतिशतले घटेको हो । 

    यता सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकको नाफामा क्रमशः ३६.३८, ३०.७४, २५.७८ र १३.१६ प्रतिशत गिरावट आएको छ । 

    २ विकास बैंक नोक्सानीमाः

    पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक नोक्सानीमा रहेका छन्।वित्तीय विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ६६ लाख बढी नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको नोक्सानी ५९ लाख बढी थियो।

    यस्तै सिन्धु विकास बैंकले पनि चालु आर्थिक वर्षको ६ महिना सम्म १ करोड ८७ लाखभन्दा बढी नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सो अवधिसम्म बैंकले ३ करोड ५५ लाख बढी मुनाफा आर्जन गरेको थियो।

    साताको लोकप्रीय