डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधाराका बुढाले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधाराका बुढाले जिते नगद एक लाख

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधाराका बुढाले जिते नगद एक लाख

    काठमाडौँ / डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिका—८  निवासी निशान्त बुढाले एक लाख रुपैँया जित्न सफल भएका छन् । 

    images
    images

    कम्पनीको हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर योजनाअन्तर्गत सो क्यास आइडी भएका ग्राहकले एक लाख रुपैयाँ जितेका हुन् ।

    केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

    डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमाल बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

    विजेता बुढालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । 

    १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि।टि।एच।को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

    डिशहोमका ग्राहकहरूले सो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । 

    ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

    साताको लोकप्रीय