सर्वोच्च अदालतको फैसला विरूद्ध रवि लामिछानेका समर्थकले गरे प्रदर्शन

सर्वोच्च अदालतको फैसला विरूद्ध रवि लामिछानेका समर्थकले गरे प्रदर्शन

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • सर्वोच्च अदालतको फैसला विरूद्ध रवि लामिछानेका समर्थकले गरे प्रदर्शन

    काठमाडौँ / सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका छन् ।

    images
    images

    अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधामन्त्रि तथा गृहमन्त्रि रवि लामिछानेको सांसद पद खारेज गरिदिएसँगै उनका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका हुन् । 

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । 

    अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

    लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

     

     

    साताको लोकप्रीय