म परिचय नभएको अनागरिक हु, कुनै प्रश्नको जवाफ छैनः रवि लामिछाने

म परिचय नभएको अनागरिक हु, कुनै प्रश्नको जवाफ छैनः रवि लामिछाने

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • म परिचय नभएको अनागरिक हु, कुनै प्रश्नको जवाफ छैनः रवि लामिछाने

    काठमाडौँ / सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले गृह मन्त्रालयबाट बाहिरिएका छन् । 

    images
    images

    सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । 

    उनले अदालतको फैसलापछि आफु आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहेको बताएका छन् ।  अब परिवर्तनको आन्दोलन कसरी अघि बढ्छ भन्ने प्रश्नमा उनले सबै प्रश्नहरुको आफूसँग अहिले जवाफ नरहेको बताए । 

    शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। प्रश्नको उत्तर दिदै उनले आफूलाई अनागरिक बनाइएको पनि बताएका छन् । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

    साथै, लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने पनि बताएका छन् । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्– ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

    सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ । लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

    साताको लोकप्रीय