गौतम अडानीलाई हिन्डनबर्गले डुबायोः अर्बौंले घट्यो सम्पत्ति, धनीहरूको सूचीबाट तल झरे

गौतम अडानीलाई हिन्डनबर्गले डुबायोः अर्बौंले घट्यो सम्पत्ति, धनीहरूको सूचीबाट तल झरे

अर्थ डबली
आइतवार, माघ १५ २०७९
अर्थ डबली
आइतवार, माघ १५ २०७९ (अर्काइभ बाट)
  • गौतम अडानीलाई हिन्डनबर्गले डुबायोः अर्बौंले घट्यो सम्पत्ति, धनीहरूको सूचीबाट तल झरे

    नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै एक अमेरिकी फर्मको रिपोर्ट अडानी समूहका लागि हानिकारक सावित भएको छ। यो रिपोर्टपछि भारतका अर्बपति गौतम अडानीको कम्पनीको सेयरमा यस्तो गिरावट आयो कि उनलाई करिब ५० हजार करोडको घाटा व्यहोर्नु परेको थियो। 

    images
    images

    अमेरिकी लगानी अनुसन्धान कम्पनी हिडनबर्ग रिसर्चको रिपोर्ट सार्वजनिक भएसँगै अर्बपति अडानीको ब्यापारिक समूह अडानी ग्रुपको सेयरमा भारी गिरावट आएको छ । 

    फोरेन्सिक वित्तीय अनुसन्धान फर्म हिन्डनबर्गले अडानीका कम्पनीहरूका बारेमा गम्भीर प्रश्नहरू खडा गरेको हो। प्रतिवेदनले अडानी समूहका सबै कम्पनीहरूको अडानी समूहको ऋणमा पनि प्रश्न उठाएको छ। प्रतिवेदनमा दाबी गरिएको छ कि अडानी समूहका ७ प्रमुख लिस्टेड कम्पनीका बारेमा रिपोर्टमा अडानी समूहलाई ८८ प्रश्न सोधिएको छ । यो प्रतिवेदनले भारतीय लगानीकर्ताहरूको भावनालाई परिवर्तन गर्‍यो। र, अडानीको ठुलो रकम गुम्यो। 

    अडानी ग्रुपको सेयरमा आएको यो गिरावटले भारतको एलआईसी (लाइफ इन्सुरेन्स कर्पोरेसन)लाई ठूलो झट्का लागेको छ । शुक्रवार एलआईसीले १ खर्ब ६६ अर्ब २७ करोड रुपया बराबरको बजार पूँजीकरण गुमाएको थियो । 

    उक्त रिर्पोट सार्वजनिक भएपछि अडानी समूहको बजार पुँजी (मार्केट क्यापिटलाइजेसन) मा शुक्रबार एकै दिनमा ३.३७ लाख करोड रुपैयाँको गिरावट आएको हो । जसको सबैभनदा ठूलो प्रभाव एलआईसी परेको छ । अडानी ग्रुपको सबैभन्दा ठूला पाँच कम्पनीहरुमा एलआईसी सबैभन्दा ठूलो घरेलु (नन प्रमोटर) लगानीकर्ता हो ।

    शुक्रवार एशियाली शेयर बजार ९ महीनाकै उच्च स्तरमा उक्लिँदा भारतीय शेयर बजार भने अपवादमा रहेको थियो । अदानीले लगानी गरेका कम्पनीमा आएको व्यापक गिरावटले भारतीय शेयर बजार भने उक्त दिन राताम्मे भएको थियो । अदानीले पनि दुई दिनमै ३६ खर्ब रुपया पूँजीकरण गुमाएका छन् । 

    सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका रिपोर्टकाअनुसार दुई दिनमा अडानी समूहका कम्पनीहरुमा एलआईसीको लगानीको मूल्य २२ प्रतिशतले कम भएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । शुक्रबार एलआईसीको साझेदारीको मूल्य ७२ हजार १८३ करोड थियो । 

    यो सँगै शुक्रबार एलआईसीको सेयरमा ३.५ प्रतिशतको गिरावट आएको छ । दुई दिनको कारोबारमा ५.२ प्रतिशतले कमी आएको थियो । 

    इकोनोमिक्स टायम्समा छापिएको एक समाचारकाअनुसार हिडनबर्ग रिपोर्टले आफ्नो १०६ पन्नाको शोधमा अडानीलाई ‘कर्पोरेट दुनियाँको सबैभन्दा ठूलो धोका’ गरेको आरोप लगाएको छ । यो आरोप यस्तो समयमा आएको छ, जति बेला अडानी ग्रुपले आफ्नो सबैभन्दा ठूलो कम्पनी अडानी इन्टरप्राइजेजको एफपीओ सार्वजनिक गर्न लागेको छ । शुक्रबार पहिलो दिनमा अडानी ग्रुपको एफपीओमा केबल एक प्रतिशतको सदस्यहरु आएका छन् ।

    हिडनबर्ग प्रतिवेदनमा मरिसस र क्यारेबियन टापु जस्ता विदेशी ‘ट्याक्स हेबन’ देशहरुमा रहेका कम्पनीमा अदानी समूहको स्वामित्वमाथि प्रश्न उठाइएको छ । अदानीको कम्पनीहरुमाथि कर्जा निकै धेरै भएको अनि वित्तीय रुपमा निकै जोखिमयुक्त अवस्थामा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    अडानी समूहको कम्पनीहरुमा व्यापारिक समूहलाई पूर्ण रुपमा वित्तिय रुपमा निकै जोखिम बनाउने स्थितिमा पुर्याउने किसिमको ऋण भएको अवस्था रहेको छ । यसअघि बिहीबार अडानी ग्रुपले आफूले हिडनबर्ग रिसर्च रिर्पोटको विरुद्धमा भारत र अमेरिकामा सुधारात्मक र दण्डात्मक कारबाही गर्नका लागि विचार गरिने बताएको थियो । अडानी ग्रुपले भने आफूले सदैव कानुनको पालना गरेको दाबी गरेको छ । प्रतिवेदनको असरले भारतीय शेयर बजारमा निकै अस्थीरता उत्पन्न गरेको छ ।

    अडानी ग्रुपका सल्लाहकार प्रमुख जतिन जालुन्धवालाले भन्छन्, ‘रिर्पोटले भारतीय सेयर बजारमा उतारचढाव ल्याएको छ । यो निकै चिन्ताजनक छ । भारतीय नागरिकहरुका लागि यो नचाहेको निराशा बनिरहेको छ ।’

    हिडनबर्गले आफ्नो लाभका लागि प्रमाणित नै नभएका तथ्यहरु प्रस्तुत गरेको दाबी अडानी समूहको छ । हिन्डनबर्ग सर्ट सेलिंग विशेषज्ञ भएको अनि उसले शेयर मूल्य घट्ने अपेक्षा गरिएका कम्पनीहरूको शेयरमा बाजी लगाउँने दाबी अदानी समूहका कानूनी सल्लाहकारको छ । हिडनबर्गले अदानी समूहमा शर्ट पोजिशन राखेको बताएको थियो । 

    जतिन भन्छन, ‘किनकी हिडनबर्ग रिसर्टले आफैंले अडानीको सेयर मूल्य घट्दा आफूलाई फाइदा हुने मानेको छ ।’ हिडनबर्ग रिसर्च ‘सर्ट सेलिङ’मा विशेषज्ञ कम्पनी हो । अर्थात् यसले यस्ता कम्पनीहरुमा लगानी गर्छ, जसको सेयरको दाम घट्ने आशंका रहेको हुन्छ ।

    अडानी समूह भारतको सबैभन्दा ठूलो कम्पनीहरु मध्येमा एक हो । यो कम्पनीको कारोबार कमोडिटी क्षेत्र, एयरपोर्ट, नविकरणिय उर्जाजस्ता कैयौं क्षेत्रमा फैलिएको छ । दुई दिनमा ३६ खर्ब रुपया गुमाएपछि विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा अदानीको वरियता खस्किएको छ । अदानी दुनियाँका अर्बपतिहरुको फोब्र्स म्यागजिनको रियल टायम लिस्टकाअनुसार सेयर मूल्यमा आएको भारी गिरावटका कारण शनिबार अडानी ग्रुपका मालिक गौतम अडानी संसारका धनी व्यक्तिहरुमध्ये ७ औं नम्बरमा पुगेका छन् । प्रतिवेदन सार्वजनिक हुनु अघि उनी वरियताको तेस्रो स्थानमा थिए । यद्यपि व्यापार जगत्मा सफलता पाएका सङ्घर्षशील व्यक्तिका रूपमा उनको नाम अग्रपङ्तिमा छ । 

    सन् १९९८ को पहिलो दिन आफ्ना एक जना सहयोगीसँगै बन्दुकधारीको अपहरणमा परेका थिए । अपहरणकारीले पन्ध्र लाख अमेरिकी डलर फैरौतीको माग गरेको थियो । उनी अज्ञातस्थलमा रिहा भएका थिए ।

    एक दशकपछि यहाँको ताज महल प्यालेस होटलमा उनी खाना खाइरहेका थिए । यो त्यही होटल हो जसलाई आतङ्ककारीले घेरा हालेर एक सय ६० जनाको हत्या गरेका थिए । भारतमा भएको यो भयानक आतङ्वादी आक्रमण थियो । 

    होटलका अन्य सयौँसँगै परिबन्धमा परेका अडानी रातभर होटलको भूँइतलामा बसेर बाँचेका थिए । उनलाई अर्को दिन सुरक्षाकर्मीले उद्धार गरेका थिए । “मभन्दा १५ फिट पर मृत्यु मडारिइरहेको थियो,”आफ्नो निजी विमानबाट गृहनगर अहमदावादमा ओर्लदा उनले त्यसदिनको आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएका थिए । 

    साठी वर्षका अडानी भारतका अर्वपतिभन्दा पृथक छन् । अरुलेजस्तो उनी जन्मदिन वा विवाह भोजमा फजुल खर्च गर्दैनन् । त्यसो नगर्दा उनी पत्रपत्रिकामा भोजभतेरमा अधिक खर्च गर्ने व्यापारिका रूपमा पनि छाउँदैनन् । अन्तर्मुखी उनी सधैँ आकर्षण र तडकभडकभन्दा पर रहन्छन् । 

    सञ्चारमाध्यमसँग बिरलै बोल्छन् । व्यवसायसँग सम्बन्धित भोजभतेरमा पनि आफ्ना सहयोगीलाई पठाउँछन् । “म भोजभतेरमा जाने सामाजिक प्राणी होइन,” फिनान्सियल डाइम्जलाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए । 

    मध्यम वर्गीय परिवारमा जन्मेका अडानी १६ वर्षको उमेरमा विद्यालयबाट बाहिरिएर  देशको वित्तीय राजधानी मुम्बईमा रत्नआभूषणको आकर्षक व्यापारमा काम खोज्न आएका थिए । आफ्ना दाजुको प्लाष्टिक व्यापारमा छोटो समय काम गरेका उनले त्यसपछि पारिवारिक व्यापारको साम्राज्य थालेका हुन् । 

    सन् १९८८ मा निर्यात व्यापारबाट उनको व्यापार यात्रा प्रारम्भ भएको हो । सात वर्षपछि अर्थात् सन् १९९५ मा आफ्नो गृहराज्य गुजरातमा व्यापारिक सिपिङ पोर्ट निर्माण एवम् सञ्चालनको ठेक्का पाएपछि उनी व्यापारिक साम्राज्य विस्तार गर्दै सफलताको शिखरतर्फ लम्केका हुन् । 

    – विभिन्न एजेन्सीहरूको सहयोगमा

    साताको लोकप्रीय