पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

अर्थ डबली
आइतवार, माघ १५ २०७९
अर्थ डबली
आइतवार, माघ १५ २०७९ (अर्काइभ बाट)
  • पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

    पोखरा / पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

    images
    images

    ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिनुभयो ।

    “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उनले भने, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए । 

    साताको लोकप्रीय