सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १३० रुपैयाँ

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १३० रुपैयाँ

अर्थ डबली
सोमवार, माघ १६ २०७९
अर्थ डबली
सोमवार, माघ १६ २०७९ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १३० रुपैयाँ

    काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनी डम्बर देव न्यौपानेको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । 

    images
    images

    बैंकले डम्बर देव न्यौपानेको नाममा रहेको १४ हजार १०१.१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । 

    बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १३० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
     
    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (माघ १६ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । 

    उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    साताको लोकप्रीय