अर्थ डबलीका सम्पादक श्रेष्ठ ‘सन्देश इन्टरनेशनल सोसल अर्वाड’द्वारा सम्मानित 

अर्थ डबलीका सम्पादक श्रेष्ठ ‘सन्देश इन्टरनेशनल सोसल अर्वाड’द्वारा सम्मानित 

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • अर्थ डबलीका सम्पादक श्रेष्ठ ‘सन्देश इन्टरनेशनल सोसल अर्वाड’द्वारा सम्मानित 

    काठमाडौँ / मलेसियाको राजधानी क्वालालम्पुरमा गत बधुबार आयोजित एक समारोहमा अर्थ डबली डटकमका सञ्चालक तथा सम्पादक विमल श्रेष्ठ सन्देश इन्टरनेशनल सोसल अवार्डद्वारा सम्मानित भएका छन् । लामो समयदेखि पत्रकारितामार्फत सामाजिक क्षेत्रमा योगदान पुर्याएपापत सम्पादक श्रेष्ठ उक्त अवार्डबाट सम्मानित भएका हुन् । 

    images
    images

    क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले प्रा.लि.ले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई ४ बर्षदेखि उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ । उक्त संस्थाले हरेक बर्ष सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई विभिन्न देशहरूमा विशेष समारोहको आयोजना गरी अवार्ड वितरण गर्दै आएको छ । 

    कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आथित्यतामा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न ३९ जना व्यक्तिहरूलाई अवार्ड वितरण गरिएको थियो । 

    सम्पादक श्रेष्ठ करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । विभिन्न सामाजिक संघसंस्थामासमेत सक्रिय उनी विशेषगरी आर्थिक विटमा कलम चलाउँछन् । 

    सो अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै राजदूत पौडेलले मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानका लागि पहल गरिरहेको बताए । 

    राजदूत पौडेलले श्रमिक नेपालीहरूको हकहितको लागि निरन्तर कृयाशिल रहको बताउँदै मलेसियामा रहेका सबै नेपालीको सुख दुःखमा राजदूतवास सधैँ साथमा रहेको जनाए ।

    उनले भने, “राजदूतले मलेसियामा गैरकानुनी रूपमा बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीहरूलाई उद्दार गरिरहेको छ । यहाँ रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको छ ।” 

    गैरकानुनी ढङ्गले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीहरूलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबै कुरा बुझेर मात्रै आउन अनुरोध गरे । साथै उनले हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको प्रष्ट पारे । 

    साताको लोकप्रीय