पोखरा हवाई दुर्घटनाः छ जनाको ‘डिएनए’ परीक्षण सुरु

पोखरा हवाई दुर्घटनाः छ जनाको ‘डिएनए’ परीक्षण सुरु

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • पोखरा हवाई दुर्घटनाः छ जनाको ‘डिएनए’ परीक्षण सुरु

    काठमाडौँ / पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’  परीक्षण सुरु भएको छ । 

    images
    images

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए । 

    उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए । 

    यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।  काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो ।  

    पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । 

    साताको लोकप्रीय