आइपीओ निष्काशनका लागि दुई कम्पनीले पाए बोर्डबाट अनुमति

आइपीओ निष्काशनका लागि दुई कम्पनीले पाए बोर्डबाट अनुमति

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • आइपीओ निष्काशनका लागि दुई कम्पनीले पाए बोर्डबाट अनुमति

    काठमाडौं / नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । 

    images
    images

    बोर्डले दोल्ती पावर कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । 

    कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ ।

    त्यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीललाई पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । 

    कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्काशन गर्नेछ ।

    दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

    साताको लोकप्रीय