मोदी सरकारको बजेटमा महिलाका लागि विशेष के छ ?

मोदी सरकारको बजेटमा महिलाका लागि विशेष के छ ?

अर्थ डबली
बुधवार, माघ १८ २०७९
अर्थ डबली
बुधवार, माघ १८ २०७९ (अर्काइभ बाट)
  • मोदी सरकारको बजेटमा महिलाका लागि विशेष के छ ?

    भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बुधबार देशको पाँचौं बजेट प्रस्तुत गरेकी छन् । सन् २०२४ को लोकसभा चुनावअघि नरेन्द्र मोदी सरकारको यो अन्तिम बजेट हो।

    images
    images

    निर्मला सीमारामनले करिब डेढ घण्टाको बजेट भाषण गर्दै यो अमृत कालको पहिलो बजेट भएको बताएकी थिइन् । उनले भारतमा प्रतिव्यक्ति आय दोब्बर भएर १ लाख ९७ हजार पुगेको बताइन् । उनले भारत पहिले विश्वको १० औं ठूलो अर्थतन्त्र भएको तर अहिले पाँचौं स्थानमा पुगेको समेत बताएकी थिइन् । 

    आफ्नो बजेट भाषणमा भारतको अर्थतन्त्र सही बाटोमा रहेको बताउदै उनले विभिन्न क्षेत्रमा घोषणा गरेका थिए । तर, बजेटप्रति विपक्षी दलहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

    कांग्रेसका वरिष्ठ नेता शशि थरुरले यस बजेटमा केही राम्रा कुराहरू रहेको र यसलाई पूर्णतया नकारात्मक नभन्न सक्ने बताएकी छिन् । उनले भने, ‘अझै पनि धेरै प्रश्न छन् । यस बजेटमा मनरेगाको कुनै उल्लेख थिएन। सरकारले श्रमिकका लागि के गरिरहेको छ ? यसमा मुद्रास्फीतिको बारेमा कुनै कुरा भएन ।’ 

    यसैकारण समाजवादी पार्टीका नेता तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले यो बजेटलाई लिएर भाजपामाथि हमला गरेका छन् । उनले आज आफ्नो ट्विटर एकाउन्टमा ट्विट गर्दै भनेका छन्– ‘भाजपाले आफ्नो बजेटको दशक पूरा गर्दैछ, तर पहिले जनतालाई केही दिएन, अब के दिने रु बीजेपीको बजेटले मुद्रास्फीति र बेरोजगारी बढाउँछ। किसान, मजदुर, युवा, महिला, रोजगारी व्यवसायी, व्यापारी वर्गमा आशाको सट्टा निराशा बढ्दै गएको छ किनभने यो केही ठूला व्यक्तिलाई मात्र फाइदाको लागि बनाइएको हो।’ 

    तर, यो बजेटमा महिलाका लागि विशेष के छ ?

    निर्मला सीतारमणले महिला सम्मान बचत पत्र योजना घोषणा गरेर महिला र केटीहरूलाई सबैभन्दा ठूलो उपहार दिएकि छिन् । 

    यो योजनाअनुसार महिलाले दुई वर्षसम्म दुई लाख रुपैयाँ बचत गर्न सक्ने र उक्त रकम बचत गरे अनुसार सो रकममा ७.५ प्रतिशत ब्याज पाउने भएका छन् । यसमा आंशिक निकासीको सुविधा पनि दिइएको छ र विज्ञहरूले यसलाई सानो बचत बढाउन राम्रो उपाय भनेका छन् ।

    वरिष्ठ आर्थिक पत्रकार मधुरेन्द्र सिन्हा भन्छन्, ‘महिला वा केटीका लागि यो राम्रो योजना हो । जहाँ बीचमा पैसा निकाल्ने व्यवस्था पनि राम्रो छ किनभने धेरै पटक घरमा आवश्यक परेको छ। तर महिला भएकाले काम गर्ने महिलालाई करमा छुट दिनुपर्थ्यो ।’ 

    यस बाहेक निर्मला सीतारमणले महिला सशक्तिकरणका लागि केन्द्र र राज्य सरकारहरूद्वारा सञ्चालित सुविधाहरूको उल्लेख गर्दै दीनदयाल अन्त्योदय योजना राष्ट्रिय ग्रामीण रोजगार मिशन अन्तर्गत महिलाहरूलाई ८१ लाख स्व–सहायता समूहहरूमा जोडिएको बताइन्।

    यससँगै ठूला बजारमा सामान बेच्न सक्ने गरी यी महिलालाई आर्थिक सशक्तीकरणको अर्को तहमा पुर्याउने प्रयास गरिने उनले बताए ।

    वरिष्ठ पत्रकार हेमा रामकृष्णन भन्छिन्, “महिला सशक्तिकरणका लागि यस्ता नीति ल्याउनु सराहनीय छ तर परम्परागत भूमिकामा मात्र सिमित हुनु हुँदैन । बरु नयाँ सीप पनि सिकाउनुपर्छ । त्यसैगरी महिला सहभागितामा लैङ्गिक खाडल देखिन्छ, त्यसलाई घटाउने काम गर्नुपर्छ ।’ 

    – बीबीसी हिन्दिबाट 

    साताको लोकप्रीय