कामना सेवा विकास बैङ्कका सिइओ बस्नेतसहित चार जना पक्राउ

कामना सेवा विकास बैङ्कका सिइओ बस्नेतसहित चार जना पक्राउ

अर्थ डबली
बुधवार, माघ १८ २०७९
अर्थ डबली
बुधवार, माघ १८ २०७९ (अर्काइभ बाट)
  • कामना सेवा विकास बैङ्कका सिइओ बस्नेतसहित चार जना पक्राउ

    काठमाडौँ / कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी पक्राउ परेका हुन् । 

    images
    images

    सो घटनामा अझै थप केही व्यक्ति फरार छन् । प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैङ्किङ कसुर मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। 

    ऋण प्रवाह गर्दा थोरै धितो राखेको र राखेको धितो पनि भए÷नभएको नखुलेपछि बैङ्कले आन्तरिक रूपमा अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैङ्कसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

    त्यसपछि भने बैङ्कले नेपाल राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोलाई यससम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो।  ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।

     

    साताको लोकप्रीय