आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बदलीको सम्भावना, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? 

 आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बदलीको सम्भावना, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? 

अर्थ डबली
बिहिवार, माघ १९ २०७९
अर्थ डबली
बिहिवार, माघ १९ २०७९ (अर्काइभ बाट)
  •  आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बदलीको सम्भावना, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशका तराईका  केही भूभागहरूमा हल्का हुस्सु लागेको छ ।

    images
    images

     आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

    शुक्रबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया: सफा रहनेछ। शनिबार प्रदेश नं. १ लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    तराईका भूभागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय