आदर्श लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

आदर्श लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

अर्थ डबली
बिहिवार, माघ १९ २०७९
अर्थ डबली
बिहिवार, माघ १९ २०७९ (अर्काइभ बाट)
  • आदर्श लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

    काठमाडौँ / आदर्श लघुवित्तले पहिलो पटक आफ्ना शेयरधनीहरूलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभाशं दिने निर्णय गरेको छ । .

    images
    images

    लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको छ।

    साताको लोकप्रीय