खर्बपतिबाट अर्बपतिमा सीमित भए गौतम अदानी, आरबीआईले बैंकहरुसँग माग्यो ऋणको विवरण

खर्बपतिबाट अर्बपतिमा सीमित भए गौतम अदानी, आरबीआईले बैंकहरुसँग माग्यो ऋणको विवरण

अर्थ डबली
शुक्रवार, माघ २० २०७९
अर्थ डबली
शुक्रवार, माघ २० २०७९ (अर्काइभ बाट)
  • खर्बपतिबाट अर्बपतिमा सीमित भए गौतम अदानी, आरबीआईले बैंकहरुसँग माग्यो ऋणको विवरण

    अंग्रेजी अखबार द इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टका अनुसार बजारमा अदानी समूहको शेयर मूल्यमा लगातार गिरावट आएपछि नेशनल स्टक एक्सचेन्जले बिहीबार अदानी समूहका तीन कम्पनीलाई तीन कम्पनीलाई एडिसनल सर्भिलेन्स मेजर फ्रेमवर्क (एएसएम) सूचीमा राख्ने निर्णय गरेको छ। 

    images
    images

    नेशनल स्टक एक्सचेन्ज एएसएम सूचीमा राख्ने निर्णय गरेको अडानी समुहको उक्त तिन कम्पनीहरूमा अदानी इन्टरप्राइजेज, अदानी पोर्ट र अम्बुजा सिमेन्टको नाम समावेश गरिएको छ । यो निर्णय फेब्रुअरी ३ शुक्रबार अर्था आजदेखि लागु हुने जनाएको छ । 

    एएसएम सूचीमा सेयरमूल्य धेरै अस्थिर रहने ती कम्पनीहरु छानबिनका लागि राखिन्छ। एएसएम फ्रेमवर्कको सूचीमा कम्पनीहरू राख्नु भनेको लगानीकर्ताहरूको लागि चेतावनी जस्तै हो, यसले लगानीकर्ताहरूलाई ती कम्पनीहरूको शेयर मूल्यमा अप्रत्याशित उतार–चढावको बारेमा चेतावनी दिन्छ।

    बजारलाई सम्भावित नोक्सानीबाट जोगाउन यी सेयरको कारोबारसम्बन्धी केही नियमहरु तोकिएको छ। ट्रेडिङलाई पनि १०० प्रतिशत अग्रिम मार्जिन चाहिन्छ। यसले छोटो बिक्रीमा केही अंकुश लगाउनेछ।

    यो कदम पछाडिको सबैभन्दा ठूलो कारण अदानी समूहको शेयरमा भइरहेको समाचारको प्रभावलाई कम गर्नु हो । अब नेशनल स्टक एक्सचेन्जले पनि यी शेयरमा निगरानी बढाउने भएको छ ।

    फ्रेमवर्कको बारेमा एनएसईले आफ्नो आधिकारिक वेबसाइटमा सूचित गरेको छ कि कम्पनीहरुलाई मूल्य, भोल्युम भिन्नता, स्टक उतार–चढ़ाव अनुगमन गर्न अतिरिक्त निगरानी उपायहरुमा राखिएको छ। 

    यससँगै धितोपत्र बजारले एएसएममा कम्पनी राख्ने काम अनुगमनका लागि भएको र त्यसलाई सम्बन्धित कम्पनी तथा निकायलाई कारबाही मानिन नहुने पनि स्पष्ट पारेको छ। 

    आरबीआईले बैंकहरुसँग माग्यो अदानी समूहलाई दिएको ऋणको विवरण

    यसैगरी अंग्रेजी पत्रिका बिजनेस स्ट्यान्डर्डमा प्रकाशित रिपोर्टका अनुसार भारतीय रिजर्भ बैंक (आरबीआई)ले वाणिज्य बैंकहरुलाई सम्भावित जोखिमबाट जोगाउन अडानी समूहलाई दिइएको ऋणको जानकारी मागेको छ।

    अमेरिकी सर्ट सेलर रिसर्च फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अडानी समूहको सेयरमा लगातार गिरावट आएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो। 

    अखबारले लेखेको छ कि बैंकरहरूका अनुसार बिहीबार आरबीआईले बैंकहरूलाई घज्ञ जनवरी सम्ममा अदानी समूहलाई कति ऋण दिइएको छ भनेर नियामक बैंकलाई विस्तृत जानकारी दिन भनेको थियो।

    एउटा ठूलो बैंकका एक अधिकारीले बिजनेश स्ट्यान्डर्डलाई भने, ‘हामीले बुधबार आरबीआईलाई यो जानकारी बुझाएका छौँ।’

    ब्लुमबर्गको एक रिपोर्टले देशको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डियाले अडानी समूहलाई मात्र २१ हजार करोड रुपैयाँ ऋण दिएको खुलासा गरेको छ। यसमध्ये बैंकको विदेश शाखाबाट २० करोड ऋण दिइएको छ।

    मिडिया रिपोर्टका अनुसार अर्को सरकारी बैंक पञ्जाब नेसनल बैंकले अडानी समूहलाई ७ हजार करोड ऋण दिएको छ।

    एक हप्तामा सय अर्ब डलर घाटाः 

    कोलकाताबाट प्रकाशित अखबार द टेलिग्राफले आफ्नो पहिलो पृष्ठको समाचारमा लेखेको छ कि एफपीओ फिर्ता लिएपछि पनि बिहीबार अडानी समूहको सेयर रिकभर हुने नाम लिइरहेको छैन।

    गत हप्ता अडानी समूहको बारेमा विवादास्पद रिपोर्ट बाहिर आएदेखि नै अडानीले १०० अर्ब डलर घाटा व्यहोरेको छ।

    बीएसईमा अडानी इन्टरप्राइजेज २६.५ प्रतिशतले घटेर भारु १५६४.७० मा झरेको छ। जसको अर्थ एफपीओको फ्लोर मूल्य भारु ३११२ बाट सेयरको मूल्य आधा भएको छ।

    समूहका अन्य कम्पनीको सेयर पनि तीव्र गतिमा ओरालो लागेको छ। अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास र अडानी ग्रीन इनर्जी सबैको सेयर १० प्रतिशतले घटेको छ। अडानी पोर्टले ६।१३ प्रतिशत घाटा व्यहोरेको छ। अडानी विल्मर, एनडीटीभी, अडानी पावरको सेयर ५ प्रतिशतले घटेको छ।

    अमेरिकाको रिसर्च कम्पनी हिन्डनबर्गले जनवरी २४ मा एक प्रतिवेदन जारी गर्दै अडानी समूहको सेयर ओभरभ्यालुएड भएको दाबी गरेको थियो। यसका साथै अडानी समूहमाथि अनियमितताका धेरै आरोप लगाइएको छ। त्यसपछि अडानी समूहले बजारमा ठूलो घाटा व्यहोर्दै आएको थियो।

    सोही कारणले अडानी समूहले पूर्ण रुपमा सब्सक्राइब्ड भएको आफ्नो भारु २० हजार करोडको एफपीओ फिर्ता लिएको थियो। 

    साताको लोकप्रीय