सुनको भाउमा उच्च गिरावट, आज एक तोला सुनको भाउ कति होला ? 

सुनको भाउमा उच्च गिरावट, आज एक तोला सुनको भाउ कति होला ? 

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • सुनको भाउमा उच्च गिरावट, आज एक तोला सुनको भाउ कति होला ? 

    काठमाडौँ / आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

    images
    images

    गत शुक्रबार भने छापावाल सुनको भाउ प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि भने प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो । 

    यता, चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । यसअघि प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार चाँदीको भाउ आज बढेर १ हजार ३२० रुपैयाँमा कारोबार हुने भएको छ । 

    साताको लोकप्रीय