रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । 

    images
    images

    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए । 

    हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनि नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए । 

    उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् । 

    साताको लोकप्रीय