राष्ट्रपति भण्डारीले हेरिन् ‘महापुरुष’

राष्ट्रपति भण्डारीले हेरिन् ‘महापुरुष’

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • राष्ट्रपति भण्डारीले हेरिन् ‘महापुरुष’

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार महजोडी अभिनित ‘महापुरुष’ हेरेकी छन् ।

    images
    images

    केही अगाडिदेखि कलाकर्मीसँगको भेटघाटमा राष्ट्रपति भण्डारीलाई अभिनेत्री गौरी मल्लले फिल्म हेर्न आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘हामीसँग भएको कुराकानीकै आधार फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले राम्रो प्रतिक्रिया दिनुभयो ।’

    महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकार गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यसमेत उपस्थिति रहेको शो हेरेपछि राष्ट्रपति भण्डारीले फिल्म मन परेको प्रतिक्रिया दिएकी थिइन् ।

    अभिनेता आचार्यले राष्ट्रपति कार्यालयमा फिल्मले उठान गरेको विषयवस्तुलाई रूचाइएको जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिज्यूले फिल्मले रुवाउने भन्ने सुन्नुभएको रहेछ । उहाँले नरुने भनेर फिल्म हेरे पनि कथावस्तुसँग जोडिएपछि आँखा रसाएका थियो ।’ नेपाली फिल्मप्रति राष्ट्रपति भण्डारीले देखाएको चासोले फाइदा पुग्ने विश्वास अभिनेता आचार्यले व्यक्त गरे ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइलीसमेत मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । 

    आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरलरूपमा प्रस्तुत गरिएको छ । 

    षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । गत कात्तिक ११ मा प्रदर्शन भएको फिल्मले घरेलु बजारमै १० करोड रुपैयाँ को हाराहारीमा ग्रस कलेक्शन गरेको डाटा सार्वजनिक गरेको थियो ।

    साताको लोकप्रीय