मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौँ विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।

    images
    images

    मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।
     
    सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौँ विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए । 

    मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे । 

    विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।  

    साताको लोकप्रीय