सिद्धार्थ इन्स्योरेन्सको नाफा ४.४० प्रतिशतले बढेर १४ करोड ७३ लाख पुग्यो, प्रतिशेयर आम्दानी २१६.९१  रुपैयाँ

सिद्धार्थ इन्स्योरेन्सको नाफा ४.४० प्रतिशतले बढेर १४ करोड ७३ लाख पुग्यो, प्रतिशेयर आम्दानी २१६.९१  रुपैयाँ

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • सिद्धार्थ इन्स्योरेन्सको नाफा ४.४० प्रतिशतले बढेर १४ करोड ७३ लाख पुग्यो, प्रतिशेयर आम्दानी २१६.९१  रुपैयाँ

    काठमाडौँ / सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा ४.४० प्रतिशतले बढि हो । गत वर्षको यहि अवधिमा १४ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

    images
    images

    कम्पनीको नाफा बढेसंगै अन्य सुचकहरूमा पनि उल्लेख्य प्रगति देखिएको छ । पुस मसान्तसम्ममा कम्पनीमा खुद बीमा शुल्क आर्जन २४.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षसम्ममा ७५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्षको यहि अवधिमा ६० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

    खुद दाबी भुक्तानी भने ८.२३ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ३० करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ३७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ८९ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी थियो । 

    हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ मात्रै जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जगेडा कोषमा ४० करोड रुपैयाँ थियो । 

    साथै प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा, मूल्य आम्दानी अनुपात ३० रुपैयाँ ८७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा रहेको छ ।

    सिद्धार्थले प्रिमियर इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर छिट्टै एकिकृत कारोबार शुभारम्भ गर्दै छन् ।

    साताको लोकप्रीय