देशको वित्तीय स्थिति सार्वजनिक, कति छ विदेशी मुद्राको सञ्चिति ?

देशको वित्तीय स्थिति सार्वजनिक, कति छ विदेशी मुद्राको सञ्चिति ?

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • देशको वित्तीय स्थिति सार्वजनिक, कति छ विदेशी मुद्राको सञ्चिति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक बर्षको ६ महिनामा विदेशी मुद्रा विनिमय सञ्चिति १० प्रतिशतले बृद्धि भएको छ । 

    images
    images

    गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको सञ्चिती पुस मसान्तसम्मको अवधिमा १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ ।

    पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात धान्न पर्याप्त देखिन्छ । यस्तै, ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको विश्लेषण छ ।

    २०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २७.६ प्रतिशत, ७५.५ प्रतिशत र २३.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

    साताको लोकप्रीय