‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक, उपभोक्तालाई छुट प्रदान गर्ने

‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक, उपभोक्तालाई छुट प्रदान गर्ने

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • ‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक, उपभोक्तालाई छुट प्रदान गर्ने

    काठमाडौं / ओसी ग्रुप सफ्टवेयर प्राइभेट लिमिटेडद्वारा निमार्ण गरेको ‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक भएको छ ।  

    images
    images

    आम उपभोक्तालाई वस्तुदेखी सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्य सहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको हो । 

    कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो । ‘मेरो डिस्काउन्ट’ नेपालकै एक मात्र अनलाइन मञ्च हो । 

    यो एपले स्थानीय व्यवसायीहरूको व्यापार वृद्धि तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्छ । ओसी ग्रुपले आजबाट सञ्चालनमा ल्याएको मेरो डिस्काउन्ट डटकम उपभोक्तालाई छुट प्रदान गर्ने एप हो । 

    निर्माता कम्पनीले जानकारी दिए अनुसार यो एप प्रयोगकर्ताहरूले खरिद गर्ने प्रत्येक वस्तु तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्छन् । 

    यसरी प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन् । स्वस्थ्य, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोग मार्फत सुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ । 

    यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामानहरू किनमेल पनि सहजै गर्न सकिनेछ । 

    मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकहरूले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् । साथै व्यवसायीहरूको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरूलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ । 

    मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र ग्राहकहरूबिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जनाएको छ । 

    मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र गढ़ाका बिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यसका अलावा व्यवसायीहरूलाई व्यापारिक परामर्श समेत दिने काम सो कम्पनीले गर्ने उनीहरूले बताएका छन् । 
    मेरो डिस्काउन्टसङलाई नै किन ब्यवाशायिले रोज्ने ? भन्ने प्रश्नको जवाफमा कम्पनीले उल्लेख गरेको छ : व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, वृहत् विज्ञापनबाट व्यवसायलाई प्रवर्द्धन गर्न, सरल तथा सुरक्षित भुक्तानी गर्न। 

    त्यस अलावा समय समयमा अन्तरक्रियात्मक र दृश्य (भिडियो) प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजारको माग अनुसारको विश्लेषण र मूल्य प्रस्ताव गर्न, व्यवसायलाई पेसागत रूपमा अभ्यास गर्न रणनीति निर्माण गर्न र व्यवसायका बारेमा व्यक्तिगत परामर्श लिन समेत यो एपको प्रयोग अनिवार्य रहने उनीहरूको दाबी छ ।

    साताको लोकप्रीय