सुन्दर यातायातद्वारा सञ्चालन हुदै आएको विद्युतिय बस र चार्जिङ् स्टेसन बन्द 

सुन्दर यातायातद्वारा सञ्चालन हुदै आएको विद्युतिय बस र चार्जिङ् स्टेसन बन्द 

अर्थ डबली
मंगलवार, माघ २४ २०७९
अर्थ डबली
मंगलवार, माघ २४ २०७९ (अर्काइभ बाट)
  • सुन्दर यातायातद्वारा सञ्चालन हुदै आएको विद्युतिय बस र चार्जिङ् स्टेसन बन्द 

    काठमाडौँ / सुन्दर यातायात प्राइभेट लिमिटेडले सञ्चालन गर्दै आएको विद्युतिय बस र चार्जिङ् स्टेसन बन्द गरेको छ । 

    images
    images

    माघ २२ गते आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले हिनमे माघ २३ गते सोमबारबाट लागु हुने गरी हालसम्म सञ्चालन हुदै आएको विद्युतिय बस र चार्जिङ् स्टेसन बन्द गरेको हो । 

    कम्पनीले नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक–पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै हिजोदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो। 

    कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ। 

    विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउन भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ। 

    कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्छ ।’ 

    ‘विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई पटक–पटक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको डिमान्ड शुल्क हटाउनुपर्छ भनेका थियौँ’, विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जा मन्त्रालयका विद्युत् नियमन आयोगलाई निवेदन दिई डिमान्ड शुल्क हटाउने निर्णय भएको १ वर्षसम्म पनि अतिरिक्त डिमान्ड शुल्क लिने काम जारी राखेको छ।’

    1.JPG

    साताको लोकप्रीय