एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

अर्थ डबली
बुधवार, माघ २५ २०७९
अर्थ डबली
बुधवार, माघ २५ २०७९ (अर्काइभ बाट)
  • एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमक्ष आग्रह गरेको छ । 

    images
    images

    मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

    मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै चेम्बर अध्यक्ष मल्लले विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिने बताए । उनले यसका लागि ठोस रणनीतिक योजना आवश्यक रहेकोसमेत बताएका छन् । मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

    नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्षेत्रको अन्तराष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

    नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किरातीसमक्ष आग्रह गरे । यसैगरि नेपाल वायुसेवा निगम र अन्तराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रीया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

    विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनको सुझाव छ । अध्यक्ष मल्लले भने, ‘भारतीय पर्यटकले नेपाल आउदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले बान्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ, ।’

    मन्त्री किरातीसमक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क निशुल्क गर्नुपर्ने बताएका थिए ।

    चेम्बर पदाधिकारीसंगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधी बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउन योजना बनाईरहेको जानकारी दिए । 

    उनले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्क देखि हवाई भाडा सम्म निकै महङ्गो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण शुरु गरेको छु, ।’ उनले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताए ।

    यस्तो छ नेपाल चेम्बर अफ कमर्सले मन्त्री सुदन किरातीसमक्ष  पेश गरेको सुझावहरू 

    पर्यटन प्रवद्र्धन तर्फः 

    १. भारत तथा चीनबाट मात्रै नेपालमा पर्यटकको आगमनमा वृद्धि भएमा नेपालको पर्यटन व्यवसायलाई टेवा  मिल्ने भएकोले भारत तथा चीनमा नेपालको पर्यटन प्रवद्र्धनको लागि प्रचार प्रसार गर्न नेपाल पर्यटन बोर्ड मार्फत कुटनीतिक स्तरमा बिशेष कार्यक्रम  ल्याइनु पर्ने ।

    २. भारतीय पर्यटकहरुलाइ सहजीकरण प्रदान हुन भारतीय पर्यटक लिएर आएका भारतीय नम्वर प्लेट भएका सवारी साधनहरुलाइ क्ष्लनभि अजभअपउयकत कथकतझ अन्तर्गत सहज प्रवेश गर्न दिइ बाटोमा अन्य कुनै झण्झट गर्न नहुने ।

    ३. पर्यटनसंग सम्वन्धित अन्तर्राष्ट्रिय ख्याती प्राप्त संचार माध्यमहरुलाई आमन्त्रण गरी नेपालको पर्यटन प्रवद्र्धन वारे प्रचार प्रसार गर्ने ।

    ४. नेपालमा पर्यटकको आगमनलाई वृद्धि गर्न नेपाल वायुसेवा निगमले नया जहाज खरिद गरी अन्तर्राष्ट्रिय गन्तव्यस्थल वढाउनु पर्ने ।

    ५. पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । काठमाण्डौको ठमेल, चितवनको सौराहा तथा पोखरा स्थित रात्रीकालीन व्यवसायहरुलाइ आवश्यक सुरक्षा प्रदान गरी निर्वाध ढंगले सचालन हुने व्यवस्था गरिनु पर्दछ । 

    ६. भारतीय पर्यटकले अधिकतम भा.रु. २५०००। मात्र साथमा ल्याउन पाउने सिमाले  नेपालको  पर्यटन व्यवसायले बान्छित लाभ प्राप्त गर्न सकेको छैन यस सन्दर्भमा भा.रु २५०००। लाइ वढाइ भा.रु.२ लाख ५० हजारसम्मको नगद ल्याउन पाउने व्यवस्था हुनुपर्दछ । यसका साथै  ५०० र २००० दरका भा.रु.लाइ सटही सुबिधा प्रदान गरी डिजिटल कारोवारलाइ समेत प्रोत्साहित गरिनु पर्दछ ।

    ७. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज सहित सांवा तथा व्याज भुक्तानीमा पुनर्तालिकीकरण गरी सुबिधा प्रवाह हुनु पर्ने । 

    ८. पर्यटन बिज्ञ समुहले पर्यटन प्रवद्र्धनका लागि दिइ सकेका सुझावहरु कार्यान्वयन तर्फ पहल गरिनु पर्ने । 

    ९. पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र सन् २०२३ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने ।

    १०. पूर्वीय संस्कृतिवारे खास गरेर योगा लगायतका सम्वन्धमा पश्चिमी मुलुकहरुमा धेरै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदा यसको प्रवद्र्धन गर्न सकिएमा पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।

    ११. मेडिकल पर्यटन, होम स्टे, शैक्षिक पर्यटन, सांस्कृतिक पर्यटन जस्ता बिबिधतायुक्त विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।

    १२. राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने । 

    १३. गैर आवासीय नेपालीहरुको नेपाल आगमन वृद्धि गर्न नेपालका वायुसेवा तथा होटलहरुमा आवासीय नेपाली नागरिकलाइ लिए सरहनै शुल्क लिइनु पर्ने ।  

    हवाइ सेवा तर्फः

    १. युरोपेली युनियनको ब्खष्बतष्यल क्बाभतथ ष्कित बाट नेपाली वायुसेवा हटी नसकेकोले २७ वटा युरोपेली मुलुकहरुमा उडान गर्न वंचित छन । यसबाट पनि पर्यटकहरुको आगमन प्रभाबित भएको छ । यस सन्दर्भमा युरोपेली युनियनको ब्खष्बतष्यल क्बाभतथ ष्कित बाट नेपाली वायुसेवालाइ हटाउन पहल गरिनु पर्ने ।  

    २. पर्यटन प्रवद्र्धनको लागि पर्यटन पूर्वाधार निर्माणको कार्यलाइ प्राथमिकता दिइनु पर्ने र क्षतिग्रस्त संरचनाहरु अविलम्व मर्मत संभार गरिनु पर्ने ।

    ३.हाल सिमित पार्टपुर्जामा मात्र दिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।

    ४.नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने बिभिन्न शुल्कहरु समय सापेक्ष, सस्तो तथा सुलभ गरिनु पर्ने ।

    ५.साना स्केलका हेलिकप्टर तथा हवाइसेवाहरु, संचालन लागतका कारण संभाव्य नहुने देखिएकोले यस्तो प्रकृतिका हवाइसेवा व्यवसायलाइ मर्ज गर्ने तथा PPP Model मा संचालन गर्ने नीति ल्याइनु पर्ने 

    साताको लोकप्रीय