स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा, ब्याजदर कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा, ब्याजदर कति ?

अर्थ डबली
बिहिवार, माघ २६ २०७९
अर्थ डबली
बिहिवार, माघ २६ २०७९ (अर्काइभ बाट)
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा, ब्याजदर कति ?

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आजदेखि पाँच वर्षे अवधिको ऋणपत्र निष्कासन गरेकोे छ । 

    images
    images

    कम्पनीले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेकोे हो । प्रतिऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्ने कम्पनीले बताएको छ । 

    कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिनेछ कम्पनीको भनाइ छ । 

    सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । यी वाहेक बाँकी ऋणपत्र बैंकले सार्वजनिक निष्कासनमा ल्याएको हो ।

    यो ऋणपत्र छिटोमा फागुन १ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । 

    इक्रा नेपाल लिमिटेडले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई न्यून कर्जा जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मात्रामा सुरक्षित रहेको मानिने रेटिङ्ग कम्पनीको भनाइ छ ।

    यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    साताको लोकप्रीय