कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

अर्थ डबली
बिहिवार, माघ २६ २०७९
अर्थ डबली
बिहिवार, माघ २६ २०७९ (अर्काइभ बाट)
  • कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

    काठमाडौं / कुमारी बैंक लिमिटेडलेमाघ २६ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    images
    images

    बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३८ रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    फागुन ११ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने अवधि तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

    १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ । यस शेयरको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    साताको लोकप्रीय