महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको चार बर्ष पूरा, महाविपत्ति कोषमा ४४.५ प्रतिशतको बृद्धि 

महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको चार बर्ष पूरा, महाविपत्ति कोषमा ४४.५ प्रतिशतको बृद्धि 

अर्थ डबली
शुक्रवार, माघ २७ २०७९
अर्थ डबली
शुक्रवार, माघ २७ २०७९ (अर्काइभ बाट)
  • महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको चार बर्ष पूरा, महाविपत्ति कोषमा ४४.५ प्रतिशतको बृद्धि 

    काठमाडौँ / महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडले माघ २७ गतेदेखि कारोबार सञ्चालनको चौथो बर्ष पूरा गरेको छ । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरका लागि प्रक्रिया अघि बढाइरहेको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    images
    images

    कारोबारमा निरन्तर बृद्धिसँगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल कम्पनीले प्रत्येक वर्ष मूनाफासँगै बीमितहरूलाई दिने बोनसदर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको जनाएको छ ।   

    कम्पनीले गत आ.व. २०७८÷७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९÷८० को पुस मसान्तसम्ममा चुक्ता पूँजी ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत,  महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।े 

    जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरूसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्न ठुलो चुनौती थियो। 

    कम्पनी स्थापनापछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई भोग्नुपरेको कम्पनीको अनुभव छ । 

    नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसायसँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियौ ।

    प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतनामूलक कार्यक्रम लिएर देशैभरी अभियान संचालन गरिरहेको छ।

    नेपाल बीमा प्राधिकरणले चैतभित्र अनिवार्य रूपमा पूँजी बृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा छ । 

    भारतिय बीमांकीबाट सम्पत्ती दायित्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि चैत्रभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

     एकीकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार सञ्चालन गर्दै लगानीकर्ता र बीमितहरूको हितलाई सधैँ सर्वोपरी हितमा राखेर काम गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

    साताको लोकप्रीय