टर्की भूकम्प अपडेटः मृत्यु हुनेको संख्या २२ हजार नाघ्याे, उद्धार कार्य जारी 

टर्की भूकम्प अपडेटः मृत्यु हुनेको संख्या २२ हजार नाघ्याे, उद्धार कार्य जारी 

अर्थ डबली
शनिवार, माघ २८ २०७९
अर्थ डबली
शनिवार, माघ २८ २०७९ (अर्काइभ बाट)
  • टर्की भूकम्प अपडेटः मृत्यु हुनेको संख्या २२ हजार नाघ्याे, उद्धार कार्य जारी 

    टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २२ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।

    images
    images

    अमेरिकी समाचार एजेन्सी सिएनएनका अनुसार शुक्रबारसम्ममा मृतकको संख्या २२ हजार नाघेको हो । आपतकालीन स्वास्थ्य उपचार पूर्वाधार र जनशक्ति अपर्याप्त भएकाले घाइतेहरु समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । अधिकारीहरुको अनुसार घाइतेहरुको सङ्ख्या यो भन्दा पनि बढी छ ।

    गत साेमबार टर्की र सिरियामा ७.८ रेक्टर स्केलकाे शक्तिशाली भुकम्प जाँदा गगनचुम्बी भवनहरु ध्वस्त भएर भग्नावशेसमा परिणत भएकाे छ । भग्नावशेषहरुबाट घाइतेहरुकाे उद्धार कार्य अझै पनि जारी रहेकाे छ ।

    ग्लाेबलरिइन्स्याेरेन्स डटकमका अनुसार अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता फिच रेटिङले टर्की र सिरियामा भएकाे विनाशकारी भूकम्पकाे वित्तीय नाेक्सानी ४ अर्ब अमेरिकी डलर( शुक्रबारकाे सटही दर अनुसार ५ खर्ब २८ अर्ब नेपाली रुपैयाँ) नाघ्ने अनुमान गरेकाे छ। याे मध्ये १ अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानीवापतकाे दाबी अन्तर्राष्ट्रिय पूनर्बीमा कम्पनीले व्यहाेर्नुपर्ने फिचले उल्लेख गरेकाे छ ।

    फिचले दाबी याेग्य क्षतिकाे अनुमान गर्न कठिन भएपनि २ अर्ब अमेरिकी डलर भन्दा बढी हुनसक्ने संभावना ‌‍औंल्याएकाे छ।टर्कीमा बीमा कम्पनीहरूले भूकम्पका कारण हुने शहरी आवासीय भवनकाे क्षति व्यहाेर्नका लागी सन् १९९९ मा प्रकाेप बीमा पुल स्थापना गरेपनि यसले मानवीय जीवन क्षति वा अन्य दायीत्वविरुद्ध जाेखिम बहन गर्दैन।

    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    टर्कीए र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

    धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

    यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

    उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ । 

    साताको लोकप्रीय