दरबारमार्गमा 'द ब्ल्याक गोल्ड' हलाल रेष्टुरेन्ट संचालनमा, मेन्यूमा छैन मदिरा तथा पोर्कका परिकार

दरबारमार्गमा 'द ब्ल्याक गोल्ड' हलाल रेष्टुरेन्ट संचालनमा, मेन्यूमा छैन मदिरा तथा पोर्कका परिकार

अर्थ डबली
शनिवार, माघ २८ २०७९
अर्थ डबली
शनिवार, माघ २८ २०७९ (अर्काइभ बाट)
  • दरबारमार्गमा 'द ब्ल्याक गोल्ड' हलाल रेष्टुरेन्ट संचालनमा, मेन्यूमा छैन मदिरा तथा पोर्कका परिकार

    काठमाडौँ / काठमाडौं दरबारमार्गमा अरेबिक तथा मुगलाई स्वादका खानेकुरासहित द ब्ल्याक गोल्ड हलाल रेस्टुरेन्ट संचालनमा आएको छ।

    images
    images

    रेस्टुरेन्टले मध्यपूर्वीय पाहुनासहित हलाल स्वादका पारखीहरुलाई लक्षित गर्दै रेस्टुरेन्ट संचालनमा ल्याएको हो। दरबारमार्ग आउटलेटका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ।

    कम्पनीका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार रेस्टुरेन्टमा तयार हुने सबै परिकारमा अरेबिक मरमसला प्रयोग हुने बताए। रेस्टुरेन्टको एम्बियन्ससमेत अरेबिक सभ्यता झल्काउने गरी तयार गरिएको छ।

    रेस्टुरेन्टमा मदिराका साथै पोर्कका परिकारहरुले पाइने छैन। काठमाडौंसहितका स्थानहरुमा हलाल मेन्यूमा पनि मदिरा तथा पोर्कका परिकार समेटिँदा शुद्ध हलाल खोज्नेहरु हच्किने गरेको छन्। यसैलाई मध्यनजर गर्दै आफूहरुले शुद्ध हलाल मेन्यूसहित रेस्टुरेन्ट संचालनमा ल्याएको रेस्टुरेन्टका सीइओ पुरुषोत्तम दास श्रेष्ठले जानकारी दिए।

    ‘हलाल परिकार खोज्नेका लागि यो उपयुक्त रेष्टुरेन्ट हो। यहाँ मदिरा तथा पोर्क पाइँदैन। अरेबिक खानामा अनुभवी सेफहरुले परिकार तयार गर्छन्,’ श्रेष्ठले भने।

    यही रेस्टुरेन्टले आफ्नो पहिलो चेन सन् २०२४ सम्ममा साउदी अरबमा खोल्ने योजना बनाएको छ। विभिन्न पेसामा आबद्ध रहेका ११ जनाको लगानी रेस्टुरेन्टमा छ। रेस्टुरेन्टले ओपनिङको अवसरमा मेन्यू मूल्यमा फ्लाट ५० प्रतिशत छुट दिने जनाएको छ।

    साताको लोकप्रीय