सार्वजनिक बिदामा पनि अत्यावश्यक बैङ्किङ सेवा सुचारु हुने, राष्ट्र बैङ्कले दियो निर्देशन

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैङ्किङ सेवा सुचारु हुने, राष्ट्र बैङ्कले दियो निर्देशन

अर्थ डबली
सोमवार, फागुन १ २०७९
अर्थ डबली
सोमवार, फागुन १ २०७९ (अर्काइभ बाट)
  • सार्वजनिक बिदामा पनि अत्यावश्यक बैङ्किङ सेवा सुचारु हुने, राष्ट्र बैङ्कले दियो निर्देशन

    काठमाडौँ / सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक सेवा सुचारु गर्न हुने भएको छ । राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई एक सूचना जारी गर्दै सेवा सुचारु गर्न राष्ट्र बैङ्कले निर्देशन दिएसँगै अत्यावश्यक सेवा सुचारु हुने भएको हो । 

    images
    images

    नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय दिएको भए पनि अत्यावश्यक बैङ्किङ सेवा सुचारु गर्न सूचना जारी गरेको हो । 

    बिदाको दिन पनि पनि नगद कारोबार, चेक क्लियरिङ, RTGSलगायत अत्यावश्यक बैङ्किङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैङ्क तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैङ्कले निर्देशन छ । 

    1.JPG

    साताको लोकप्रीय