इसेवा मार्फत केडका सामग्री सजिलै खरिद गर्न सकिने  

इसेवा मार्फत केडका सामग्री सजिलै खरिद गर्न सकिने  

अर्थ डबली
सोमवार, फाल्गुण १ २०७९
अर्थ डबली
सोमवार, फाल्गुण १ २०७९ (अर्काइभ बाट)
  • इसेवा मार्फत केडका सामग्री सजिलै खरिद गर्न सकिने  

    काठमाडौँ / भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

    images
    images

    सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्। 

    उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन्। 

    इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने  बताए। 

    त्यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन्। 

    हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन्। 

    यसैगरी देशभर रहेका एक लाख ८५ हजार बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। 

    इसेवाबाट इन्सुरेन्स प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

    गुण समूहद्वारा स्थापित र प्रवद्धित केड कम्पनीले विगत पाँच महिनादेखि केड ब्राण्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ। दरबार मार्गको दरबार मलको पहिलो तल्लामा अवस्थित केडले छोटो समयमै ग्राहको मन जित्न सफल भएको छ। 

    साताको लोकप्रीय