कोका–कोलाले सार्वजनिक गर्यो चार्ज्डसँग चार्ज्ड, बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ

कोका–कोलाले सार्वजनिक गर्यो चार्ज्डसँग चार्ज्ड, बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ

अर्थ डबली
मंगलवार, फाल्गुण २ २०७९
अर्थ डबली
मंगलवार, फाल्गुण २ २०७९ (अर्काइभ बाट)
  • कोका–कोलाले सार्वजनिक गर्यो चार्ज्डसँग चार्ज्ड, बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ

    काठमाडौँ  / नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चाज्र्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र इन्फ्लुएन्सर्सहरूको उपस्थितिमा नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो । 

    images
    images

    नयाँँ पेय पदार्थले उपभोक्ताहरूलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ । चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ –बेरी बोल्ट । आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरूप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

    कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्त्वाकांक्षाहरू छन् र उनीहरूलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरूलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”

    त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरूलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरूको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”

    चाज्र्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरूमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरूमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरूलाई सक्रिय रहन र आफ्नो उद्देश्य प्राप्ति गर्नको लागि हरदम सक्रिय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।

    चाज्र्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरूमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।

    साताको लोकप्रीय