यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित, सार्वजनिक यातायात तत्काल खुल्ने

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित, सार्वजनिक यातायात तत्काल खुल्ने

अर्थ डबली
मंगलवार, फागुन २ २०७९
अर्थ डबली
मंगलवार, फागुन २ २०७९ (अर्काइभ बाट)
  • यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित, सार्वजनिक यातायात तत्काल खुल्ने

    काठमाडाैँ / यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

    images
    images

    आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् । 

    उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । 

    मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।

    वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए। 

    आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले बताए । 

    यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

    यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन्। यात्रुले दु:ख पाएका थिए।

    सोमबार यातायात मजदुरहरूले प्रहरीका दुई भ्यानमा आगजनीसमेत गरेका थिए। यी घटनामा संलग्नमाथि भने कारबाही गरिने मन्त्री श्रेष्ठले बताएका छन्।

    साताको लोकप्रीय