धारपानीमा महाशिवरात्री मेला तीन दिन लाग्ने, मदिरा वेचबिखन र सेवनलाई निषेध

धारपानीमा महाशिवरात्री मेला तीन दिन लाग्ने, मदिरा वेचबिखन र सेवनलाई निषेध

अर्थ डबली
मंगलवार, फाल्गुण २ २०७९
अर्थ डबली
मंगलवार, फाल्गुण २ २०७९ (अर्काइभ बाट)
  • धारपानीमा महाशिवरात्री मेला तीन दिन लाग्ने, मदिरा वेचबिखन र सेवनलाई निषेध

    दाङ / दाङको प्रशिद्ध तिर्थ स्थल धारपानीमा लाग्ने महाशिवरात्री मेला यस बर्ष ३ दिन सम्म लाग्ने भएको छ । 

    images
    images

    पछिल्लो दिनमा देशका बिभिन्न जिल्ला तथा छिमेकी देशबाट समेत भत्तजनको उल्लेख्य रुपमा उपस्थिती हुन थालेपछि यस बर्ष फागुन ५,६ र ७ गते तीन दिन मेला लगाउन थालिएको हो ।

    मेलालाई भव्य र व्यवस्थित बनाउन पाण्डवेश्वर महादेव मन्दीर व्यवस्था समितिले तयारीलाई तिव्रता दिएको छ । जस अन्तरगत १८ वटा बिभिन्न उप समिति गठन गरी मेला व्यवस्थापन कार्य अगाडी बढाइएको  समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । 

    उनका अनुशार समितिका अध्यक्ष गणेश कुमार अधिकारीको संयोजकत्वमा मुला मुल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै कोषाध्यक्ष वोधिलाल शर्मा संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,सचिव विष्णुराम अचार्य संयोजक र विमल योगी सदस्य रहेको सूचना तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति,टेकनाथ आचार्य संजयको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति,वुद्धिराम भण्डारीको संयोजकत्वमा भजन मण्डली उपसमिति गठन गरिएको छ । 

    सचिव आचार्यका अनुशार शंकरकिरण अधिकारीको संयोजकत्वमा मन्दिर सहयोग, रसिद, भेटी तथा दान पेटिका व्यवस्थापन उपसमिति, धनपति शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन र मञ्च,टेन्ट तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति,विमल अधिकारीको संयोजकत्वमा मन्दिर सचिवालय व्यवस्थापन उपसमिति,मधुमालती अधिकारीको संयोजकत्वमा पुँजा व्यवस्थापन उपसमिति,वलिराम भूसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, गजेन्द्र चौधरीको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, निम बहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

    यस्तै विष्णुमणी दाहाल संयोजक र कृष्ण प्रसाद भूसाल सदस्य रहेको स्वयंसेवक परिचालन उपसमिति,दिनेश आचार्य संयोजक र गोर्खा हस्पिटन,हेल्थ फाउण्डेशन नेपाल,धर्ना स्वास्थ्य चौकी सदस्य रहेको प्राथमिक उपचार व्यवस्थापन उपसमिति, गोर्खा हस्पिटलको संयोजकत्वमा एम्वुलेन्स व्यवस्थापन उपसमिति,शंकर गौतम संयोजक,धुव्र कुमार श्रेष्ठ,विवेक श्रेष्ठ,जगविर चौधरी र रेव बहादुर बुढाथोकी सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति समेत गठन गरिएको छ । 

    मेलामा हुने सुरक्षा,वजार तथा यातायात व्यवस्थापन लगायत समग्र कामको अनुगमनका लागि अध्यक्ष गणेश कुमार अधिकारी,सचिव विष्णुराम आचार्य र श्रीधर शर्मा पौडेल रहेको बिशेष अनुगमन उपसमिति गठन गरिएको छ । भने सरस्वती गौतमको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

    यसैविच मेलामा यातायात व्यवस्थापन अन्तरगत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ । जस अन्तरगत टिकामाला सम्वन्धि व्यापारका लागि प्रति पसल एक हजार,फलफुलका लागि एक हजार पाँचा सय,होटल तथा चाटका लागि दुई हजार पाँच सय,खेलौना पसलका लागि एक हजार आठ सय,फेन्सी पसलका लागि दुई हजार र आईसक्रिम डेरीका लागि एक हजार दुई सय रुपैया शुल्क तोकिएको वजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भूसाल गोपालले जानकारी दिएका छन् । 

    यस्तै मेला अवधिभर फागुन ५,६ र ७ गतेका लागि मोटरसाइकिलका लागि रु १०,अटो रिक्सा तथा टेम्पोका लागि रु २५,जिप तथा कारका लागि रु ३०,सानो ठुलो टेक्टरका लागि रु ५० र मिनि वस,वस तथा ट्रकका लागि एक सय रुपैया पार्किङ शुल्क तोकिएको र सोही दररेटमा आधारित रहेर ठेक्का लगाईने भएको छ । 

    मदिरा बेचबिखन निषेध

    महाशिवरात्री पर्वका अवसरमा लाग्ने धारपानी मेलामा मदिरा बेचबिखनलाई निषेध गरिएको छ । फाुगन ४ गते राती १२ बजेदेखी फागुन ७ गते राती १२ वजे सम्म पूर्वमा धार्मिक बनको सिमाना भलाई सोता,पश्चिममा पिच सडक,उत्तरमा बवई नदि र दक्षिणमा धार्मिक बन सिमाना सम्म मदिरा जन्य वस्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए । 

    – विमल योगी

    साताको लोकप्रीय