बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आन्तरिक राजस्व कार्यालयको खानतलासी

बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आन्तरिक राजस्व कार्यालयको खानतलासी

अर्थ डबली
मंगलवार, फागुन २ २०७९
अर्थ डबली
मंगलवार, फागुन २ २०७९ (अर्काइभ बाट)
  • बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आन्तरिक राजस्व कार्यालयको खानतलासी

    भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्ली र मुम्बईस्थित कार्यालयमा छापा हानेको छ ।

    images
    images

    भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका बिबिसीका कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीहरूले खानतलासी गरेका हुन् । 

    भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको जनाइएको छ ।खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको एनडिटिभीले जनाएको छ।

    केहीदिन बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। क्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

    उक्त वृत्तचित्रमा  मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दु–मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ। मोदीबारेको उक्त वृत्तचित्र प्रसारण गर्न भारतले प्रतिबन्ध लगाएको थियो।  

    मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

    भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।

    साताको लोकप्रीय