पावर समिट २०२३ हुदै, ३० भन्दा बढी देशले सहभागिता जनाउने 

पावर समिट २०२३ हुदै, ३० भन्दा बढी देशले सहभागिता जनाउने 

अर्थ डबली
बुधवार, फाल्गुण ३ २०७९
अर्थ डबली
बुधवार, फाल्गुण ३ २०७९ (अर्काइभ बाट)
  • पावर समिट २०२३ हुदै, ३० भन्दा बढी देशले सहभागिता जनाउने 

    काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी मार्चमा साठी संस्करणको पावर समिट २०२३ को आयोजना गर्ने भएको छ । 

    images
    images

    ‘हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौँको हायात रिजेन्सीमा पावर समिट आयोजना हुने भएको हो । 

    सो पावर समिटलाई नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेको छ। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्नेछन् । 

    यस सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ भने प्रमुख प्रायोजकमा विश्व बैंक, एफएमओ, युएसएआईडी लगायतका विकास साझेदारहरू रहेका छन् ।

    संस्थाले यस अघि सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेको थियो । यसले मुलुकमा विद्यत उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको बताइन्छ । 

    फलस्वरुप आज विद्युत ऊर्जा देश आत्मनिर्भर बन्ने चरणमा प्रवेश गरेको संस्थाको जिकिर छ । हालै सोलु– दुधकोशी जलबिद्युत आयोजनाबाट ८ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ ।

    इप्पानको अनुसार विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५४ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान गरिएको छ। 

    सन २०२२ मा संस्थाको विद्युतको उच्चतम माग करिव १७०० मेगावाट मात्र थियो यो तथ्यले अबको वर्षा याममा करिब १००० मेगावाट विद्युत बचत हुने देखिएको छ। यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय भएको इप्पानको भनाई छ । 

    नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन तर जलविद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत छ । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । 

    उत्पादित ऊर्जाको लागि अब मागलाई तीव्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसका लागि हामीले आन्तरिक खपत र बाह्य विद्युत व्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ ।

    “हामीलाई थाहा छ, माग पक्षलाई वास्तवमै नबुझेर गरिएको लगानीले बर्बादी र घाटा निम्त्याउँछ । यो अर्थशास्त्रको सामान्य सिद्धान्त हो ।” इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ उदाहरणका लागि हामीले हरित ऊर्जा बजार र मागको प्रकृतिलाई अध्ययन गरेका हुन्थ्यौ भने कुन समयमा कुन प्रकृतिको आयोजनाहरुले ऊर्जा उत्पादन गर्ने भन्ने सम्बन्धमा हामी स्पष्ट हुन्थ्यो।”  

    मागको पूर्वानुमानले अर्थतन्त्रमा आपूर्ति पक्षमा लगानीलाई गति दिन मद्दत गर्छ। अब हरित ऊर्जाको आपूर्ती र मागका सम्बन्धमा घनीभूत बहस हुन आवश्यक छ। 

    हरित ऊर्जा बजारलाई फराकिलो बनाउनु भनेको यातायात, कृषि, उद्योग, खाना पकाउने र वाणिज्य लगायतका बहुआयामिक क्षेत्रमा द्रुत गतिमा विकास गर्न सक्षम पार्नु हो। त्यस्तै पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्णरूपान्तरण गर्नु अर्थतन्त्रलाई वास्तविकरुपमा आत्मनिर्भर बनाउनु हो । 

    ऊर्जावान र सक्रिय जनशक्ति पेट्रोलियम पदार्थले धनी देशहरूमा काम गर्न जान्छन् उनीहरुले त्यहाँबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र सन्चालन गर्छौ मात्र होइन, त्यही रेमिट्यान्सले हामी त्यही देशहरूबाट पेट्रोलिय पदार्थ खरिद गर्छौ। 

    हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने हो भने यो दुबक अवश्य पनि तोड्न सकिने इप्पानले जनाएको छ । पावर समिट २०२३ को मूल उद्देश्य यही भएको संस्थाको विज्ञप्तिमा उल्लेख छ । 

    इप्पानका अनुसार पावर समिट हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान–प्रदान गर्ने ठूलो अवसर हो। 

    यो प्लेटफर्मले व्यापारिक र व्यवसायिक सम्बन्धलाई प्रगाढ बनाउने, विद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्नेछ यो पावर समिटमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई बोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ । 

    पावर समिटमा ऊर्जा क्षेत्रका विशेषज्ञहरूद्वारा छलफल, प्रवचन र बहसको लागि Technical Sessions सन्चालन हुने छ र यो सेसन नेपालको ऊर्जा विकासको यात्रामा सहभागी हुन चाहने जो कोहीलाई अन्यन्तै फलदायी, हुनेछ। Technical Sessions मा सीईओ फोरम, ईएसजी अभ्यासहरूसहित कार्यशालाहरू र साइडलाइन इभेन्ट सन्चालन हुनेछ ।

    वायुमण्डलमा अत्यधिक हरितगृह ग्यासहरूका कारण सारा विश्वले प्रभाव र बढ्दो लागतको अनुभव गरिरहेको छ नेपालले सन् २०४५ सम्ममा नेट शून्य राष्ट्र बन्ने प्रतिबद्धता जनाएको छ। यसको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रबाट हरित ऊर्जा उत्पादन र प्रयोग गर्न र पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्षम हुनु हो।

    यो पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न समहरु सन्चालन गरिने छ जहाँ पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु ९प्रोजेक्ट बैंक० प्रदर्शन गरिनेछ यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई ऊर्जा परियोजनाहरूको बारेमा जानकारी लिन अवसर प्रदान गर्ने बताइएको छ । 

    नेपालमा आयोजना हुने यस ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, पिंक ट्याइहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन् ।

    साताको लोकप्रीय