मौलायो नक्कली पार्टपुर्जाको व्यापार, बढ्यो ठगी धन्दा

मौलायो नक्कली पार्टपुर्जाको व्यापार, बढ्यो ठगी धन्दा

अर्थ डबली
बुधवार, फागुन ३ २०७९
अर्थ डबली
बुधवार, फागुन ३ २०७९ (अर्काइभ बाट)
  • मौलायो नक्कली पार्टपुर्जाको व्यापार, बढ्यो ठगी धन्दा

    टिपर व्यवसायको हवको रुपमा रहेको तथा वागमती प्रदेशको पूर्वी उत्तर पहाडी जिल्लाहरुको व्यापारिक केन्द्र बनेपामा नक्कली पार्टपुर्जा (मोटर पार्टस्) हरुको व्यापार मौलाएको छ । 

    images
    images


    कमजोर प्रशासन र सोझा साझा गाडी व्यवसायीहरुको फाइदा उठाउँदै मोटर पार्टस् व्यापारी हरुले यस्तो ठगी धन्दा चलाउँदै आएका छन् । बिशेषगरी टाटा गाडी र पार्टपुर्जाहरु प्रति आकर्षित गाडी व्यवसायी हरुको भरोसा प्रति कुठाराघात गर्दै सक्कली पार्टपुर्जाको सट्टा उस्तै देखिने नक्कली र कमजोर पुर्जाको कारोवार गर्ने गरेको देखिएको छ । 
    बनेपा र  वरीपरी रहेका अधिकांस पार्टस् व्यवसायी अहिले यसरी ठगी धन्दामा संलग्न रहेको पाईएको छ । 
    हरेका वर्ष करोडौं मुल्यको पार्टपुर्जा कारोवार हुने यस क्षेत्रमा राज्य र प्रशासनको आँखा नपुग्नु उदेक लाग्दो छ । गाडी मर्मत गर्ने मेकानिक्स हरुलाई प्रलोभनमा पारी ठगी गर्ने ठग व्यवसायी हरुको कारणले सक्कली पार्टपुर्जाको कारोवार गर्ने व्यवसायीहरु यस व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । 


    नक्कली पार्टपुर्जाको प्रयोगकै कारणले अत्याधिक दुर्घटना बढेको पाईएको छ । पहाडी भेगमा चल्ने बस, ट्रक, पिकअपहरु दुर्घटना भई वर्षेनी लाखौ धनजनको क्षति भैरहेको अनि यसकै कारणले टिपरहरु दुर्घटनामा व्यापक क्षति हुँदा पनि सम्बन्धित निकायको चासो नपुग्दा यस क्षेत्रका मानिसहरुमा आव्रmोस बढ्दै गएको छ । 


    खासगरी छिमेकी मुलुक भारतमा उत्पादन हुने र तस्करी गरी भित्राउने यस्ता नक्कली पार्टपुर्जाहरुको आयात सरकारी राजश्व व्यापक रुपमा गुमिरहदा पनि सरकारले आफ्नो  उपस्थिती नदेखाउनु बिडम्वना नै मान्नुपछ्र्र । 


    सरकारीतन्त्रको यस्तो नालायकीपन ले देशको अर्थतन्त्र नै धरापमा पर्दै गएको छ । एकातिर राजश्व गुम्ने अर्कोतिर गाडी व्यवसायी ठगिने यस्तो अवस्थाबाट जोगिन राज्य संयन्त्र नलाग्ने र व्यवसायी आफै सचेत नहुने हो भने सम्पूर्ण यातायात व्यवसाय ध्वस्त हुने अवस्था नआउला भन्न सकिदैन । 

    हरेक गाडी व्यवसायी चनाखो भई क्षणिक सस्तोको लोभमा यस्ता नक्कली पार्टपुर्जाको प्रयोगलाई निषेध गर्नु जरुरी छ । सक्कली र नक्कली पुर्जा छुट्याई सक्कली मात्र किनेर प्रयोग गर्न थाल्ने हो भने त्यस्ता राष्ट्रघाती ठग व्यापारी हरु बिस्तारै हराउँदै जाने कुरामा दुविधा रहने छैन । 


    टाटा गाडीमा प्रयोग हुने सक्कली पार्टपुर्जा चिन्न पनि सजिले छ । अधिकतम खुद्रा मूल्य टासिएको (केरमेट नभएको) अनि २०८१२९० र २०८१२९५ कोड उल्लेख गरीएको सामान मात्र खरिद गरेमा ठगिने सम्भावना हुँदैन । 

     

    साताको लोकप्रीय