पहाडी भूभागमा आंशिक बदलीको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात 

पहाडी भूभागमा आंशिक बदलीको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात 

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • पहाडी भूभागमा आंशिक बदलीको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले जनाएको छ ।

    images
    images

    बिहीबार प्रदेश नं. १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएको छ । 

    शुक्रबार प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। मौसमविद्काअनुसार प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा हुने र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    तराईका थोरै भूभागमा बिहानी पख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय