महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

    काठमाडौँ / महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट)मार्फत कम्पनी आज छनोट गरेको छ । महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ । 

    images
    images

    मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई रु २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको मेलाबजार तथा सजावट उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए।
     
     उनकाअनुसार गत वर्षभन्दा यसपटक रु पाँच लाख ५० हजार बढीमा सो कम्पनीलाई मेलाबजार सञ्चालन गर्न दिइएको छ । मेलामा बालबालिका एवं बयस्कका लागि रमाइलो पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल गर्न सकिने गरी आकर्षक बिक्री कक्ष सञ्चालन गरिने बताइएको छ । 

    यसपटको महाशिवरात्रिको मुख्य अतिथिका रुपमा भारतबाट शङ्कराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भीड बढ्ने संयोजक जेठाराले बताए । 

    साताको लोकप्रीय