सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदीको भाउ पाँच रुपैयाँले घटेको हो । यसअघि प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख ३ हजार रुपैयाँ पर्ने महासंघले जनाएको छ । यसैगरी यसअघि प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ पर्ने तेजावी सुनको मूल्य आज घटेर १ लाख २ हजार ५ सय रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदीको भाउ घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने भएको छ । यसअघि चाँदीको भाउ तोलामा १ हजार २९० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यअनुसार नेपाली बजारमा मूल्य निर्धारण हुने गर्दछ । 

    साताको लोकप्रीय