कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट रेमिट्यान्स पठाउन सकिने

कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट रेमिट्यान्स पठाउन सकिने

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट रेमिट्यान्स पठाउन सकिने

    काठमाडौँ / इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

    images
    images

    यो सम्झौता सँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा रकम पठाउन सकिनेछ । 

    साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढी  भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

    साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को आकर्षक बोनस समेत पाउने छन् । यस्तै मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु पनि जित्न सकिनेछ । 

    सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद  अब्दुल रहमानले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    साताको लोकप्रीय