स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९
अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९ (अर्काइभ बाट)
  • स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

    काठमाडौँ / श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
         
    श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले आज सात जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्ने फैसला गरेको विषयमा उक्त संस्थाले पुनःबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
          
    उक्त संस्थाका कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर बुढाथोकीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो ।
          
    ती व्यक्तिले विनाकारण सेवाबाट हटाएको उल्लेख गर्दै सुविधासहित पुनःबहाली गर्न माग गर्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ सेवासुविधासहित पुनःबहाली गर्नुपर्ने अदालतबाट फैसला भए पनि सो संस्थाले पुनःबहाली नगरिकन विज्ञापन प्रक्रिया अगाडि बढाएपछि पीडितले फैसला कार्यान्वयनका लागि पुनःअदालतमा मुद्दा हालेका थिए ।
          
    उक्त मुद्दाको सुनुवाइपछि अदालतते तत्काल पदपूर्तिको विज्ञापन प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि यही फागुन ११ गते बोलाएको छ ।

    images
    images

    साताको लोकप्रीय