एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९
अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९ (अर्काइभ बाट)
  • एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा सञ्चालन भएको लगानी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images

    एनआईबीएल एस क्यापिटलको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि. मा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको हो । 

    उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

    यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो ।

    उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

    साताको लोकप्रीय