डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा..

डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा..

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा..

    काठमाडौँ / डिशहोम आफ्ना ग्राहकहरूको लागि नयाँ कनेक्सनको शुल्क घटाएको छ । पहिले नयाँ कनेक्सनको लागि ३९९९ तिर्दै आएको ग्राहकहरूले अब उक्त कनेक्सन २९९९ मा जडान गर्न सक्ने भएका छन् । 

    images
    images

    यसका साथै, डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरेको हो । 

    डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर समेत प्राप्त हुनेछ । यो अफमा हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार पनि जित्न सकिने छ । 

    यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ । 

    नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ ।  यो छुट योजना सिमित अवधिको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय