सबैको लघुवित्तको साधारण सभा फागुन २६ गते, के–के छन् प्रस्ताव ? 

सबैको लघुवित्तको साधारण सभा फागुन २६ गते, के–के छन् प्रस्ताव ? 

अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९
अर्थ डबली
बिहिवार, फाल्गुण ४ २०७९ (अर्काइभ बाट)
  • सबैको लघुवित्तको साधारण सभा फागुन २६ गते, के–के छन् प्रस्ताव ? 

    काठमाडौँ / सबैको लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन २६ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा फागुन २६ गते गर्ने निर्णय गरेको हो । सभा बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा आयोजना गर्ने जनाएको छ ।

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनश शेयर र ०.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

    सभाले वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरूप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नछ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

    साताको लोकप्रीय